PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या!



पहिलोपोस्ट

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या!

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको छ। इन्डिया टिभी न्यूजले जनाए अनुसार उनले मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्।  

३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै थिए। आइतबार उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले जनाए अनुसार उनको पोस्ट मोर्टम रिपोर्ट भने आउन बाँकी छ।

सन् २०१२ मा फिल्म काइ पो चेबाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा सफल फिल्म हो एम एस धोन : दी अनटोल्ड स्टोरी। फिल्म केदारनाथमा उनको उत्कृष्ट अभिनय देख्न पाइन्छ। सुपरहिट फिल्म पीकेमा पनि उनले अभिनय गरेका छन्। हलिउड फिल्म दी फल्ट इन आवर स्टारको रिमेकमा बन्न लागेको दिल बचेरामा उनले काम गरेका छन् जुन सार्वजनिक हुन बाँकी छ। उनको सन् २०१९ मा छिचोरे हिट भएको थियो। 

टेलिश्रृङ्खला 'किस देशमे हे मेरा दिल', 'पबित्र रिश्ता' लगायतबाट चर्चामा आएका उनले पछिल्लो समय ठूलो पर्दाका फिल्महरुमा समीक्षात्मक सफलता पाइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell