PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पूर्व म्यानेजरको आत्महत्याको १ साता नबित्दै सुशान्त सिंह राजपुतको मृत्यु



पहिलोपोस्ट

पूर्व म्यानेजरको आत्महत्याको १ साता नबित्दै सुशान्त सिंह राजपुतको मृत्यु

यही जुन ८ तारिखमा दिशा सालियनको मृत्युको खबर सार्वजनिक भएको थियो। २८ वर्षीया उनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हाम फालेर आत्महत्या गरेकी थिइन्।

मुम्बईमा उनी आफ्नो मंगेतरसँग बस्दै आएकी थिइन्। त्यसअघि उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व म्यानेजरको रुपमा काम गर्थिन्।

उनको आत्महत्याको एक साता नबित्दै अभिनेता राजपुतको पनि निधन भयो। कारण उही- आत्महत्या। प्रहरीले सुशान्तलाई उनकै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटेको हो। उनको पोस्ट मोर्टम रिपोर्ट आउन बाँकी छ।

यी दुवैको आत्महत्याको कारण खुलेको छैन। फिल्म ‘छिचोरे’मा आत्महत्याविरुद्धको सन्देश दिएका सुशान्त समीक्षात्मक रुपमा सफल कलाकार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell