
काठमाडौं : प्रदेश नम्बर २ मा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्ला २४ घण्टामा थपिएकामा ५ जना महिला र १ सय ५ जना पुरुष रहेका छन्।
आज थपिएका संक्रमित मध्ये रौतहटका ७४ जना छन्। त्यस्तै बाराका १२, सर्लाहीका ६ र धनुषाका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आज थपिएको संक्रमित संगै प्रदेश २ मा संक्रमितको सङ्ख्या कुल २ हजार २३ पुगेको छ।