PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

अरुण मण्डलको गोली हानी हत्या गर्ने सुटर पक्राउ



पहिलोपोस्ट

अरुण मण्डलको गोली हानी हत्या गर्ने सुटर पक्राउ

जनकपुरधाम : जेठ २७ गते धनुषाको सबैला नगरपालिका निवासी अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको टोलीले गोली हानेर मारेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का १९ वर्षीय श्रवण मण्डललाई पक्राउ गरेको हो। जेठ २७ गते राति धनुषाको सबैला नगरपालिका ७ निवासी अरुण मण्डलको गोली हानी हत्या गरिएको थियो।

मादक पदार्थ सेवन गरी भएको सामान्य विवादमा श्रवणले अरुणलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताए।

डीआइजी सिंहले भने, ‘अरुणको घरभन्दा २ सय मिटर पर एक पोखरीको किनारमा घटना भएको थियो। घटनामा अन्य चार जना पनि संलग्न रहेको पाएका छौँ। उनीहरुको खोजीको कार्य भैरहेको छ। बाहिरबाट मादक पदार्थ सेवन गरेर त्यहाँ पुगेका रहेछन्। सामान्य विवादमा श्रवणले गोली चलाएको अनुसन्धानबाट खुलेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell