PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

२ सय १२ जनाको कोरोना परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ९ संक्रमित 



एम बम

२ सय १२ जनाको कोरोना परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ९ संक्रमित 

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतवार थप ९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा २ सय १२ जनाको कोरोना परीक्षण गर्दा ९ जना संक्रमित थपिएका हुन्।

आइतवार डोटीका चार जना, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

हालसम्म धनगढीको प्रयोगशालाबाट दुई सय ३६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell