PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सुदूरपश्चिममा चौँथो स्वास्थ्यकर्मीलाई कोरोना, डडेल्धुरामा एक नर्समा संक्रमण पुष्टि



पहिलोपोस्ट

सुदूरपश्चिममा चौँथो स्वास्थ्यकर्मीलाई कोरोना, डडेल्धुरामा एक नर्समा संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा चौँथो स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। शनिवार डडेल्धुराका २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना नवदुर्गा गाउँपालिकामा थिए। जसमध्येकी २७ बर्षीय महिला डडेल्धुरा अस्पतालमा कार्यरत नर्सिङ स्टाफ रहेको खुलेको हो।

उनी अहिले आइसोलेसनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए। उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको विष्टले बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ।

यसअघि कञ्चनपुरको लालझाडीका ३२ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell