
स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा एथ्लेटिको बिल्बाओ र एथ्लेटिको मड्रिड १-१ गोलको बराबरीमा रोकिएका छन्।
सन मामेस स्टेडियममा भएको खेलमा घरेलु टोली बिल्बाओलाई इकर मुनियनले अग्रता दिलाएका थिए। उनले खेलको ३७ औं मिनेटमा अग्रता बनाएका थिए। तर त्यसको ३ मिनेट भित्रै एथलेटिको मड्रिडका लागि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए।
कोस्टाले गोल गरेसँगै एथ्लेटिको मड्रिडकै महिला टिमकी खेलाडी भर्जिनिया टोरिसिल्लालाई समर्पित गरेका थिए। भर्जिनियाको मे महिनामा ब्रेन ट्युमरको सफल अपरेसन भएको थियो।
टोरिसिल्लाले पनि कोस्टाको तस्बिर ट्विट गर्दै लेखेकी छिन: मसँग शब्द छैन। ‘यु आर अमेजिङ’
No tengo palabras.... SOIS INCREÍBLES!! ¡¡GRACIAS de corazón!!♥️ @Atleti @AtletiFemenino #Nuncadejesdecreer 💪🏽 pic.twitter.com/FcppjiR2fC
— virginia torrecilla (@VirginiiiaTr) June 14, 2020
बराबरीमा रोकिएसँगै एथलेटिको मड्रिड छैटौं स्थानमा छ भने एथलेटिको बिल्बाओ क्लब १० औं स्थानमा छ।