PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

क्वारेन्टाइनमा बसेकी महिलामाथि सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ



एम बम

क्वारेन्टाइनमा बसेकी महिलामाथि सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ
प्रतीकात्मक फोटो

धनगढी : कैलालीमा क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको आरोप लागेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पीडित महिलाले क्वारेन्टाइनमा स्वयंसेवकको रुपमा राखिएका तीन जनाले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्। इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र कार्कीले क्वारेन्टाइनमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको बताए।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले भने महिला माथी दुव्र्यवहार भएको भन्ने उजुरी आएलगतै ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। घटनापछि लम्कीका स्थानियहरुले बेलुकीपख विरोध प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell