PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

इबरमाथि रियल मड्रिडको सहज जित



पहिलोपोस्ट

इबरमाथि रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिडले इबरमाथि ३-१ गोल अन्तरले जित निकालेको छ।

मड्रिडको जितमा टोनी क्रुस, सर्जियो रामोस र मार्सेलो भिइएराले गोल गरे।

स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा मड्रिडले खेलको चौथो मिनेटमै क्रुसको गोलबाट अग्रता बनाएको थियो। त्यस्तै खेलको ३० औं मिनेटमा रामोस र ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा मड्रिड पहिलो हाफमा ३-० को सहज अवस्थामा पुगिसकेको थियो।

दोस्रो हाफमा भने इबरका लागि पेड्रो बिगासले सान्त्वना गोल गर्दा खेल ३-१ को अवस्थामा रोकियो।

जितसँगै अंकतालिकामा मड्रिडको ५९ अंकसहित दोस्रो स्थानमा छ। अर्कोतर्फ बार्सिलोना ६१ अंकसहित शीर्षस्थानमा छ। त्यस्तै इबर १६ औं स्थानमा छ।

त्यस्तै गएराति नै भएको खेलमा बराबरी खेलेका रियल सोसिडाड र ओसासुना क्रमश चौथो र ११ औं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell