
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा साल्के र लेवरकुसन १-१ गोलको बराबरीमा रोकिएका छन्।
घरेलु टोलीका शाल्के लागि जुआन मिरन्डाको आत्मघाती गोलका कारण अंक बाँड्न बाध्य भयो। खेलको ५१ औं मिनेटमा ड्यानियल क्यालिग्युरीले पेनाल्टीमार्फत गोल गर्दै साल्केलाई अग्रता दिलाएका थिए। तर ८१ औं मिनेटमा मिरन्डाले आत्मघाती गोल गर्दा खेल खेल १-१ को बराबरीमा रोकियो।
बराबरीसँगै लेवरकुसन ५७ अंकसहित चौथो स्थानमा छ भने ३९ अंक जोडेको साल्के ९ औं स्थानमा छ।
अंकतालिकामा बायर्न, डर्टमन्ड र लाइपजिग क्रमश ७३, ६६ र ६२ अंकसहित पहिलो दोस्रो र तेस्रो स्थानमा छन्।