PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मृत्यु कम देखाउने आधार गुमाउँदै भारत, संक्रमित र मर्ने दुवै बढेको बढ्यै



पहिलोपोस्ट

मृत्यु कम देखाउने आधार गुमाउँदै भारत, संक्रमित र मर्ने दुवै बढेको बढ्यै

नयाँ दिल्ली : कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ हजार ५ सय पार भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिमले भारतमा कोरोना संक्रमितको संख्या होइन, मृत्युदर देखाउँदै 'सफल व्यवस्थापन'को दावी गरिरहेका थिए। तर, दैनिक ३ सयभन्दा बढी मानिस कोरोनाका कारण मर्न थालेका छन्।

आइतवार भारतमा १२ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण देखियो। त्यहाँ ३ सय २४ जनाले एकै दिन ज्यान गुमाएका छन्। यही रफ्तार रहने हो भने भारतमा मृत्यु दर पनि निक्कै माथि पुग्ने देखिन्छ।

आइतवारसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ३३ हजार पार भएको टाइम्स अफ इन्डियाले जनाएको छ। दिल्लीमा आइतवार एकैपटक २२ सय २४ जना संक्रमित थपिएका छन्। असाममा ३ सय ३१ संक्रमित थपिएका छन् भने नेपालसँग जोडिएको उत्तर प्रदेशमा ४ सय ९९ नयाँ संक्रमित थपिएका छन्। नेपालसँग जोडिएको राज्य पश्चिम वंगालमा ३ सय ८९ संक्रमित थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell