PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

घरबेटीले पीसीआर टेस्ट मागेपछि टेकुमा लाम, निर्देशिका भन्छ : लक्षण नदेखी परीक्षण नगर, अलमलमा डाक्टर र सर्वसाधारण



पहिलोपोस्ट

घरबेटीले पीसीआर टेस्ट मागेपछि टेकुमा लाम, निर्देशिका भन्छ : लक्षण नदेखी परीक्षण नगर, अलमलमा डाक्टर र सर्वसाधारण

काठमाडौं : सरकारको निर्देशिका र व्यवहारबीच तालमेल नहुँदा कोभिड १९ परीक्षणको व्यवस्थापनमा जटिलता देखिएको छ।

स्थानीय तहले डेरा गरेर बस्ने मानिसलाई अनिवार्य परीक्षण नगराइ प्रवेश नदिन निर्देशन दिइरहेका छन्। त्यसैका आधारमा घरबेटीहरुले काठमाडौं आइरहेका मानिसलाई पीसीआर परीक्षणको रिपोर्ट नदेखाई घर छिर्न निषेध गरेका छन्।

सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरेको दावी गरेको छ तर टेकु अस्पतालमा कोरोना परीक्षण गर्न पुग्नेहरु तिनै नाकाबाट आएका मानिस हुन्। उनीहरु घर प्रवेश गर्न नपाएपछि कोभिड १९ को परीक्षण गर्नका लागि टेकुमा लाम लागिरहेका छन्।

स्वास्थ्य मन्त्रालयको निर्देशिकाले लक्षण नदेखिएका मानिसमा कोरोना परीक्षण निषेध गरेको छ। त्यसैले उनीहरुले परीक्षण गर्न पुगेकाहरुलाई सोधखोज गरेर फिर्ता पठाइरहेका छन्।

'घर पस्न/सर्दा घरधनीको पीसीआर माग, राजधानी बाहिरबाट फर्के वडाको पीसीआर माग, अस्पतालमा बसेर फर्के पीसीआर माग तर निर्देशिका भन्छ लक्षण नदेखी पीसीआर नगर,' टेकुअस्पतालका डाक्टर शेरबहादुर पुनले ट्विट गर्दै लेखेका छन्, 'अन्तमा स्वास्थ्यकर्मी र सर्वसाधारणबीच असहज अवस्था।'

उनले नीतिगत रुपमा देखिएको अलमलका कारण बुझ्ने र बुझाउनेमा ग्याप भएको जनाएका छन्। यसैका कारण सर्वासाधारणले दु:ख पाइरहेको उनले जनाएका छन्।

टेकु अस्पतालमा कोरोना परीक्षण गराउन जानेहरुको भिड यति थियो त्यसलाई प्रयोगशालाले सम्बोधन गर्न सक्दैन। कोरोना परीक्षणका लागि पुग्नेको लाम नेपाल उद्योग वाणिज्य महासंघसम्म पुगेको थियो। नीतिगत प्रस्टता नहुँदा सबै अलमलमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell