PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

एन्फामा आपतकालीन बैठक बस्दै, चार विषयमा छलफल हुने



पहिलोपोस्ट

एन्फामा आपतकालीन बैठक बस्दै, चार विषयमा छलफल हुने
फाइल फोटो

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फामा आज आपतकालीन समितिको बैठक बस्दै छ। दिउँसो १ बजेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा बैठक बस्ने एन्फा प्रवक्ता किरण राईले बताए।

आज बस्ने आपतकालीन बैठकमा ४ विषयले प्रवेश पाउने एन्फा प्रवक्ता राईले जानकारी दिए। जसमा भक्तपुर जिल्ला फुटबल संघको विषय, मानार्थ अध्यक्ष टासी घलेको विषय, कोभिड १९ राहत सम्वन्धि विषय र विविध गरी ४ विषयमा छलफल हुने राईले बताए।

आजको बैठकको मुख्य एजेन्डा भने मानार्थ अध्यक्ष टासी घलेलाई फिर्ता बोलाउने रहेको बताइएको छ। यसअघि टेप प्रकरण चर्किएसँगै एन्फाले घलेको मानार्थ अध्यक्ष पद २०७५ सालको माघ ३ गते फिर्ता लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell