PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

पैसा नदिए भिडियो बनाएर भाइरल गर्ने धम्की : क्वारेन्टाइनमा महिलामाथि अत्याचार



एम बम

पैसा नदिए भिडियो बनाएर भाइरल गर्ने धम्की : क्वारेन्टाइनमा महिलामाथि अत्याचार

कैलाली : लम्कीचुहा नगरपालिका वडा नम्बर १ को शहीद स्मृति माविको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया युवतीले शनिवार राती तीनजनाको समूहले करणी गरेको आरोप लगाएकी छिन्। उनले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छिन्।

त्यसपछि प्रहरीले तीन जनालाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ। उनीहरु मध्ये २ जना क्वारेन्टाइनमा स्वयम सेवकका रुपमा खटिएका थिए भने एक जना स्वास्थ्यकर्मी हुन्।

लकडाउन लम्बिएपछि भारतको बैङ्ग्लोरबाट आएकी हुन् पीडित। उनी नेपाल आएको शनिवार १२ दिन पूरा भइसकको थियो। उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य साथीहरु घर फर्किएपछि एक्लै भएको बताएकी थिइन् उनले। एक्लै ढोका नभएको ढोकामा बस्न नसक्ने भनेपछि उनलाई अर्को कोठामा सारिएको थियो।

शनिवार राति १२ बजेतिर सुतिरहेको अवस्थामा एक युवकले झ्यालबाट बोलाएर उनलाई ढोका खोल्न भनेका थिए। ती युवकले पटकपटक झ्यालमा आउँदै ढोका खोल्न भनेका थिए। 'एकजनाले स्वयम सेवकले ढोका खोल्नु, बाहिर आउनु भन्यो। मैले राति के काम छ। डिस्टर्व नगर्नु भने,' उनले भनेकी छिन्, 'फेरि ढुङ्गाले हान्यो। मैले तेरो दिदी बहिनी छैनन् भनेर गाली गरेँ,' पीडितले भनेकी छिन्।

पटकपटक बोलाएर डिस्टर्व गर्न थालेपछि उनले ढोका खोलेको बताएकी छिन्। त्यहीँ उनको बलात्कार भएको उनको दावी छ। त्यही क्रममा एक युवकले भिडियो खिचेको उनले बताएकी छिन्। क्वारेन्टाइनका स्वास्थ्यकर्मी नै आएपछि उनले बचाउन आग्रह गरेको जनाएकी छिन्। तर, उनी पनि उनीमाथिको दुर्व्यवहार रोकिएन। ती स्वास्थ्यकर्मीले बाँकी दुई जनालाई बाहिर निकालेर दुर्व्यवहार गरेको उनको भनाई छ। त्यसपछि भिडियो बनाउने युवकले पैसा नदिए भिडियो भाइरल गराउने चेतावनी दिएको उनले बताएकी छिन्। चार दिनदेखि उनले सञ्चो नभएको बताउँदा पनि उनीमाथि लगातार दुर्व्यवहार भइरहेको प्रहरीलाई जानकारी दिएकी छिन्।

घटनालाई लिएर स्थानीय आक्रोशित भएका छन् भने वडा कार्यालयले सबै सेवा बन्द गर्नुपरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell