PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

कहाँ कति छन् कोरोना संक्रमित? सबैभन्दा खराब अवस्थाबाट गुज्रिएका शीर्ष १० जिल्लामा कुनकुन?



विधुर ढकाल

कहाँ कति छन् कोरोना संक्रमित? सबैभन्दा खराब अवस्थाबाट गुज्रिएका शीर्ष १० जिल्लामा कुनकुन?

काठमाडौं : आइतवारसम्ममा नेपालमा पाँच हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ९ सय ७४ जना डिस्चार्ज भइसकेका छन्। १९ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, चार हजार ७ सय ६७ जना संक्रमित आइसोलेसनमा छन्।

नेपालमा हालसम्म एक लाख ३३ हजार ३ स ७७ वटा स्बव परीक्षण गरिएकोमा पाँच हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ७३ जिल्लामा फैलिइसकेको संक्रमण सबैभन्दा बढी प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा देखिएको छ।

संक्रमितमध्ये सबैभन्दा बढी नेपालका कुल संक्रमित मध्ये ३६.६ प्रतिशत प्रदेश २ का छन्। त्यस्तै प्रदेश ५ मा २८.४ प्रतिशत संक्रमित छन्। कर्णाली प्रदेशमा १७ प्रतिशत संक्रमित छन्।

सबैभन्दा कम गण्डकी प्रदेशमा ३.४ प्रतिशत र वाग्मती प्रदेशमा ३.७ प्रतिशत छन्। त्यस्तै कूल संक्रमितको ४.४ प्रतिशत सुदुरपश्चिम प्रदेश र ६.५ प्रतिशत प्रदेश १ मा देखिएका छन्।

प्रदेश १ को ओखलढुंगा, वाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशका मनाङ मुस्ताङमा अहिलेसम्म संक्रमण पुष्टि भएको छैन।

डिस्चार्ज हुनेको संख्या पनि प्रदेश २ मा बढी छ। प्रदेश २ बाट संक्रमित मध्ये ४ सय २ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै प्रदेश ५ मा २९३ जना डिस्चार्ज हुँदा प्रदेश १ बाट १६७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, वाग्मतीमा ४६ जना डिस्चार्ज हुँदा सुदुरपश्चिममा २७, कर्णालीमा २५ र गण्डकीमा १४ जना डिस्चार्ज भएका छन्।

मृत्यु हुनेको संख्या १९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा छन्। प्रदेश ५ मा ६ जनाको मृत्यु भएको छ। त्यस्तै वाग्मती प्रदेशमा ४ जनाको मृत्यु भएको छ। कर्णाली र प्रदेश नम्बर २ मा ३/३ जनाको मृत्यु भएको छ। सुदुरपश्चिम प्रदेशमा २ जनाको मृत्यु हुँदा गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ।

संक्रमण शीर्ष १० जिल्ला

संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश २ को रौतहट जिल्लामा रहेका छन्। यहाँ ७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रदेश ५ को कपिलवस्तु जिल्लामा ६ सय ४८ जना संक्रमित भएका छन्। त्यस्तै कर्णाली प्रदेशको दैलेखमा ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश २ कै सर्लाहीमा ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ। बाँके जिल्लामा ३ सय १९, सुर्खेत जिल्लामा २ सय ३९ र रुपन्देही जिल्लामा २ सय १८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, प्रदेश २ को धनुषा र महोत्तरीमा १८०/१८० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बढी संक्रमित दशौं जिल्ला झापा हो। त्यहाँ १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।

सक्रिय उमेर समूहका ६५ प्रतिशत बढी

संक्रमितमध्ये सबैभन्दा बढी सक्रिय उमेर समूहका छन्। कुल संक्रमितमध्ये २१ देखि ५० वर्ष सम्मका ६७.८ प्रतिशत छन्। जसमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षभित्रका छन्। कुल संक्रमितको ३८.८ प्रतिशत संक्रमित यो उमेर समूहका छन्।

त्यस्तै, कुल संक्रमितमध्ये ३१ वर्ष देखि ४० वर्ष उमेर समूहका २०.९ प्रतिशत संक्रमित छन्। त्यस्तै ४१ देखि ५० वर्ष सम्मका ८.१ प्रतिशत संक्रमित छन्। ११ वर्ष देखि २० वर्षसम्ममा २६.२ प्रतिशत संक्रमित छन्। त्यस्तै १० वर्ष सम्मका नाबालकहरुको कुल संक्रमित मध्ये २.७ प्रतिशत छन्। ६१ देखि ७० वर्ष उमेरसमूहका ०.६ प्रतिशत, ७१ देखि ८० वर्का ०.२ प्रतिशत संक्रमित छन्।

कूल संक्रमितमध्ये ९२.४ प्रतिशत पुरुष छन्। त्यस्तै ७.६ प्रतिशत महिला छन्।

 

Made with Visme Infographic Maker



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell