
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले केही अवसर सिर्जना भएको बताएका छन्।
आजबाट सुरु भएको वैकल्पिक शिक्षण सिकाइका सन्दर्भमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले प्रत्यक्ष अध्ययन सुरु गर्न नसकिए पनि प्रविधि अब घर आँगनमा पुगेको बताए। यसलाई अवसरको रूपमा प्रयोग गर्नुपर्ने बताए।
तोकिएका नियम पालना गर्न पनि आग्रह गरे। उनले लामो समयसम्म बन्दाबन्दीका कारण शैक्षिक सत्र प्रभावित हुने भएकाले ८३ औँ दिनपछि केही खुकुलो पारिएको बताए। उनले सिकाइमा क्षति नहोस् भनेर आजबाट वैकल्पिक शिक्षण सिकाइ सुरु गरिएको जानकारी दिए।
प्रविधिको पहुँच एकै किसिमको नभएकाले छुट्टाछुट्टै निर्देशिका तयार पारिएको बताए। उनले रेडियो र टेलिभिजन,कम्प्युटर र इन्टरनेटबाट अध्ययन गराइने बताए। नयाँ पुस्ता इनोभेटिभ हुनुपर्ने बताए। मुलुकमा अर्को आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ थियो।उनले कोरोना भाइरस सङ्क्रमण रहेकाले स्वछन्द होइन सतर्क भएर चल्न आग्रह गरे।