बलिउडका उम्दा अभिनेता सुशान्त सिंह राजपूत आइतवार मुम्बईस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परे। उनी झुण्डिएको अवस्थामा मृत फेला गरेका हुन्।
डिप्रेशनका कारण उनले आत्महत्या गरेको रिपोर्ट सार्वजनिक भएका छन्। कूपर अस्पतालमा उनको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ। रिपोर्टले फाँसीमा झुण्डिँदा घाटी च्यापिएर श्वास रोकिइ मृत्यु भएको देखाएको छ। उनको निधनमा बलिउड शोकमा डुबेको छ। उनको आजै अन्त्येष्टि हुँदैछ।
उनको निधनसँगै निजी जीवनका घटनाहरु पनि सार्वजनिक भइरहेका छन्। जसमा उनी विहेको तयारीमा रहेको जानकारी प्राप्त भएको छ। नोभेम्वरमा विहे गर्नेगरी उनको परिवारले तयारी गरिरहेको थियो। तर, उनले ५ महिना अघि नै संसारलाई अलविदा भने।
सुशान्तका भाई पन्ना सिंहका अनुसार पटनास्थित घरमा विहेको तयारी भइरहेको थियो। उनी को सँग विहे गर्दै थिए भन्ने खुलेको छैन।
अंकितासँग ६ वर्ष अफेयरपछि ब्रेकअप
सुशान्त कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए। ६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो। अनि ब्रेकअप भयो। दुबैले ब्रेकअपको कारण भने खुलाएनन्। यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमिका निभाउने कलाकार थिए। यहीँबाट प्रेम सुरु भएको थियो।