PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड, चालु आर्थिक वर्षभन्दा ५० करोड कम



पी बी खड्का

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड, चालु आर्थिक वर्षभन्दा ५० करोड कम

सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि जम्मा ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेको छ।

प्रदेश सरकारले महामारी नियन्त्रण, भोकमरी न्युनीकरण र रोजगारी सिर्जना केन्द्रित गरी बजेट ल्याएको हो। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको जम्मा बजेटको पुँजीगत खर्च तर्फ ५७ प्रतिशत छ भने, चालु खर्चतर्फ ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत बजेट विनियोजन गरिएको छ।

चालु आर्थिक वर्ष २०७६/०७७ को ३४ अर्ब ३४ करोड बढीको बजेट थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा ५० करोड कम हो।

बजेटमा प्रदेशको चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६ प्रतिशतले हुने अनुमानसहित आगामी आर्थिक वर्षमा करिव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell