PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एकै दिन कर्णालीमा थपिए १ सय १० नयाँ कोरोना संक्रमित



पहिलोपोस्ट

एकै दिन कर्णालीमा थपिए १ सय १० नयाँ कोरोना संक्रमित

सुर्खेत : कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कर्णाली प्रदेशमा परीक्षण गरिएको संख्या एक हजार ७७ पुगेको छ।

नयाँ संक्रमितमा दैलेखमा ९१ जना थपिएका हुन् भने, सुर्खेतमा १९ जना थपिएका हुन्। दैलेखको नौमुलेमा मात्रै ८७ जना संक्रमित देखिएका हुन्। दुल्लु नगरपालिकामा एक र नारायण नगरपालिकामा तीन जना संक्रमित पुष्टि भएको हो।

सुर्खेतको बराहताल गाउँपालिकामा ३, पञ्चपुरी नगरपालिकामा ८, चौकुने गाउँपालिकामा तीन, लेकबेशी नगरपालिकामा ४, सिम्ता गाउँपालिकामा एक गरी १९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

नारायण नगरपालिकाका तीन जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको हो भने बाँकी सवै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको हो।

हालसम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक सय ५१ जना पुगेको छ। आज नयाँ डिस्चार्ज हुनेमा कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालमा २३ जना, लेकवेशी आइसोलेसन सेन्टर सुर्खेतमा ९ जना गरी ५७ जना सहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक सय ५१ पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell