PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

मुम्बई प्रहरीले लियो सुशान्तकी बहिनीको वयान, अन्तिम फिल्म डिजिटल प्‍लेटफर्ममा रिलिज हुने



पहिलोपोस्ट

मुम्बई प्रहरीले लियो सुशान्तकी बहिनीको वयान, अन्तिम फिल्म डिजिटल प्‍लेटफर्ममा रिलिज हुने

आफ्नै घरमा झुण्डिएको अवस्थामा आइतवार मृत फेला परेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको दाहसंस्कार गरिएको छ। विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो। उनको निधनमा बलिउड शोकमा डुबेको छ। मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्त तथा मित्रसँग अनुसन्धानका लागि सोधपुछ गरिरहेको छ। आत्महत्या हो वा अरु केही षडयन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ।

बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेशनमा थिए। हालै औषधि लिन पनि छोडेका थिए। उनको भनाईअनुसार डिप्रेशनकै कारण सुशान्तले आत्महत्या गरेको देखिन्छ।

बहिनीले सुशान्त डिप्रेशनमा जानुको कारण आर्थिक समस्या नभएको पनि स्पष्ट पारेकी छिन्। तर पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्। प्रहरीले सुशान्तको बैंक डिटेल पनि प्राप्त गरेको छ। जसमा पछिल्लो कारोवारमा कुनै क्षति देखिँदैन।

अन्तिम फिल्म डिजिटल प्लेटफर्ममा

अभिनेता सुशान्त आफूले अभिनय गरेको एक फिल्म रिलिज नहुँदै विदा भए। उनको अन्तिम फिल्मको प्रदर्शन अब डिजिटल प्लेटफर्मबाट हुने भएको छ। निर्देशक मुकेश छाबडाको फिल्‍म 'दिल बेचारा'मा सुशान्त मुख्य भूमिकामा छन्। उनसँग अपोजिटमा संजना सांघी छिन्। सैफ अली खान पनि मुख्य भूमिकामै छन्।

यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने निर्देशक छाबडाले बताएका छन्। ‘दिल बेचारा’ नोभेम्बर २०१९ मै प्रदर्शन आउनुपर्नेमा विभिन्न कारणले रोकियो। ८ मे मा तय गरिएको मिति लकडाउनका कारण प्रभावित भयो। अब डिजिटल माध्यममा हेर्न पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell