
सुर्खेत: सुर्खेतमा भारतबाट आएका एक जनाको क्वारेन्टाइनमा मृत्यु भएको छ।
गुर्भाकोट नगरपालिका ७ स्थित सिरुवानी क्वारेन्टाइनमा बसिरहेका ५० वर्षीय भीमबहादुर कामीको मृत्यु भएको हो। गुर्भाकोट ८ घर भएका भीमबहादुर जेठ २१ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।
क्वारेन्टाइनमा बसेको १२ औ दिनमा उनको मृत्यु भएको गुर्भाकोट नगरपालिकाले जनाएको छ। उनको मृत्युपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए।