PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिम सरकारको बजेट : स्वास्थ्यमा ८३ प्रतिशत वृद्धि, भारतीय बलमिच्याइँविरुद्ध जुध्न ५ करोड (पूर्ण पाठ)



एम बम

सुदूरपश्चिम सरकारको बजेट : स्वास्थ्यमा ८३ प्रतिशत वृद्धि, भारतीय बलमिच्याइँविरुद्ध जुध्न ५ करोड (पूर्ण पाठ)

कैलाली : सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षकोभन्दा झण्डै ५ अर्ब बढी अर्थात ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सोमवार उक्त बजेट प्रदेश सभाको सदनमा प्रस्तुत गरेका हुन्।

जसमा १४ अर्ब १८ करोड ७८ लाख अर्थात भण्डै ४२ प्रतिशत चालू र पूँजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख अर्थात झण्डैं ५० प्रतिशत बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेटमा ८३ प्रतिशतले बृद्धि गरेको छ। चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्र तर्फ १ अर्ब ७८ करोड ११ लाखको बजेट ल्याएको सुदूरपश्चिम सरकारले आगमी आर्थिक वर्षमा भने ३ अर्ब २६ करोड ६६ लाखको बजेट सभामा प्रस्तुत गरेको हो। जुन कुल बजेटको ९.७८ प्रतिशत हुन जान्छ। गत वर्ष कुल बजेटको ६.४ प्रतिशत स्वास्थ्यका लागि छुट्टयाइएको थियो।

कोरोना महामारीसँग जुध्नुपर्ने अहिलेको बिषम् परिस्थितमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको मन्त्री बोहराले पहिलो पोस्टसँग बताए। आगामी आर्थिक वर्षलाई स्वाथ्य सेवा सुधारको वर्षका रुपमा मनाउने उनको भनाई छ।

साथै कृषि, रोजगारी र लकडाउन तथा कोरोना महामारीबाट चरम आर्थिक समस्यामा परेका जनताको जीवनस्तर उकास्नु सरकारको प्रमुख दायित्व भएको उनले बताए। कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवं सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको हो। सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग उपचार केन्द्रका लागि तीन करोड छुट्याईएको छ। 

यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड, विनियोजन गरिएको अर्थमन्त्रीले बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ। त्यसैगरी कृषि, रोजगारी, शिक्षा लगायतका क्षेत्रहरु क्रमसः प्राथमिकतामा रहेका उनले बताए।

व्यास गाउँपालिकालाई ५ करोड

भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिकाको केही भूभागमा सरकारी संयन्त्रको उपस्थिति गराउन प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ।

‘संघीय सरकार र स्थानीय तहको समन्वयमा  सडक, पुल खानेपानीलगायतका भौतिक पूर्वाधारसँगै शिक्षा स्वास्थ्य जस्ता सामाजिक विकास र सहज सार्वजनिक सेवा उपलब्ध गराइ आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको अनुभूतिसहितको एकीकृत विकासमा ५ करोड बजेट विनियोजन गरेको छु,’ मन्त्री बोहराले बजेट भाषणका क्रममा भने।

उनको त्यो बोली फुट्ने वित्तिकै सुदूरपश्चिम सभाका सत्तापक्षीय सांसदहरुले टेबलमा तालीको गडगडाहट वर्षाए। प्रतिपक्ष भने आजको बजेट प्रस्तुतका क्रममा अधिकांश समय मौन नै थियो।

प्रदेश सरकारले स्वास्थ्य, कृषि, भौतिक पूर्वाधरसँगै शिक्षा क्षेत्र र रोजगारी जस्ता कुराहरु समेत प्राथमिकतामा राखेको छ।

पूर्ण पाठ :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell