PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

श्रीमानसहित भारतबाट आएकी महिलाले क्वारेन्टिनमै जन्माइन शिशु, पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी



रासस

श्रीमानसहित भारतबाट आएकी महिलाले क्वारेन्टिनमै जन्माइन शिशु, पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी
फाइल तस्बिर

गलकोट: वाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माएकी छन्। निसीखोला गाउँपालिका–५ निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २१ वर्षीया रैमती विकले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताए।

बाह्र दिनदेखि क्वारेन्टिनमा रहेकी युवतीले छोरालाई जन्म दिएकी हुन्। सुत्केरीका श्रीमान्समेत क्वारेन्टिनमा रहेका छन्। भारतको पञ्जावबाट आएका श्रीमान् श्रीमती गत जेठ २९ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि रिपोर्ट आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell