
स्पेनिस ला लिगमा गएराति भएको खेलमा सेभिया र लेभान्टे १-१ गोलको बराबरीमा रोकिएका छन्।
स्टेडियो क्यामिलो क्यानोमा भएको खेलमा खेलमा सेभियाले अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग अंक बाँड्न पुग्यो।
पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै म्युनिरको एसिस्टमा लुक डि जोङले अग्रता बनाएका थिए।
तर खेलको ८७ औं मिनेटमा डिएगो कार्लोसले आत्मघाती गोल गरेसँगै खेल १-१ को बराबरीमा आइ पुग्यो। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा रोकियो।
त्यस्तै गएराति नै अर्को खेलमा ग्रानडा र रियल बेटिस बराबरीमा रोकिए। खेलको २९ औं मिनेटमा कार्लोस फर्नान्डेजको गोलमा ग्रानडाले अग्रता बनाए पनि अन्तिमको १० मिनेटमा भएको ३ गोलसँगै खेल २-२ को बराबरीमा रोकियो। खेलको ८५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सर्जियो क्यानलेसले बेटिसलाई बराबरीमा ल्याए। त्यसको ३ मिनेटमा क्रिस्टिन टेल्लोले गोल गर्दै बेटिसलाई अग्रता दिलाए। तर अतिरिक्त समयमा रोबेर्टो सोल्डाडोले गोल गरेपछि खेल २-२ को बराबरीमा रोकिन पुग्यो।
गएरातिको खेलसँगै अंकतालिकामा सेभिया ५१ अंकसहित तेस्रो स्थानमा छ भने ३५ अंक जोडेको लेभान्टे १२ औं स्थानमा छ। त्यस्तै ग्रानडा र रियल बेटिस क्रमश ८ औं र १३ औं स्थानमा छन्।