PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

गोरखामा थपिए १० नयाँ संक्रमित, गण्डकीमा पुग्यो २ सय २३ जना



पहिलोपोस्ट

गोरखामा थपिए १० नयाँ संक्रमित, गण्डकीमा पुग्यो २ सय २३ जना

काठमाडौं : भारतबाट फर्किएकाको कोरोना परीक्षण गर्दा थप १८ नयाँ संक्रमित भेटिएपछि गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या २ सय २३ पुगेको छ।

थपिएका नयाँ संक्रमितमा सबैभन्दा धेरै गोरखाका रहेका छन्। गोरखामा १० संक्रमित भेटिए जसमध्ये गोरखा नगरपालिकाका ७ पुरुष र एक महिला रहेका छन्। त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका २ जनामा संक्रमण देखिएको छ।

स्याङ्जामा थप ४ जना नयाँ संक्रमित भेटिएका छन्। चापाकोट नगरपालिकामा ४ नयाँ संक्रमित भेटिएका हुन्। त्यसैगरी कास्कीको पोखरा महानगरपालिकामा १ जना र बाग्लुङको ताराखोला गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन्। नवलपरासी बर्दघाट सुस्तापूर्व २ जना नयाँ संक्रमित भेटिएका छन्। विनय त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक/एक जनामा संक्रमण देखिएको हो।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डाक्टर विनोदविन्दु शर्माका अनुसार ५ जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका हुन्। संक्रमित सबै क्वारेन्टाइनमा नै रहेको र उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell