बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनले नयाँ मोड लिएको छ। मुम्बई प्रहरीले व्यवसायिक दुश्मनीको पाटोबाट घटनाको जाँच गर्ने भएको छ।
महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले मुम्बई प्रहरीले सुशान्तको मृत्युको वास्तविक कारण पत्ता लगाउन व्यवसायिक दुश्मनीको पाटोमा पनि जाँच गर्ने जानकारी दिएका छन्।
‘अभिनेता सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट भन्छ कि उनले फाँसीमा झुण्डिएर आत्महत्या गरेका थिए। तर केही मिडिया रिपोर्टका अनुसार उनी अस्वस्थ व्यवसायिक प्रतिस्पर्धाका कारण क्लिनिकल डिप्रेशनको शिकार भएका थिए। मुम्बई पुलिस उनको मृत्युको यो पाटोमा पनि जाँच गर्नेछ,’ गृहमन्त्री देशमुखले ट्वीटरमा भनेका छन्।
ट्वीटरमै एक भिडियोमा गृहमन्त्री देशमुखले भनेका छन्, ‘मिडिया रिपोर्टहरुका अनुसार सुशान्तले फिल्म इण्डस्ट्रीमा व्यापारीक प्रतिस्पर्धाका कारण आत्महत्या गरे। प्रहरी यो एंगलमा पनि जाँच गर्नेछ।’
While the post mortem report says actor @itsSSR committed suicide by hanging himself, there are media reports that he allegedly suffered from clinical depression because of professional rivalry. @MumbaiPolice will probe this angle too.
— ANIL DESHMUKH (@AnilDeshmukhNCP) June 15, 2020
कंगना रनौतसहित केही बलिउड कलाकारले सुशान्त बलिउडमा व्याप्त 'नेपोटिज्म' (भाई-भतीजावाद) को शिकार भएको र कसैले उनको ख्याल नगरेको आरोप लगाएका छन्।
हेयरस्टाइलिस्ट सपना भवनानीले पनि सुशान्त केही समस्यासँग जुधिरहेको बताएकी छिन्। 'यो कुनै लुकेको कुरा होइन कि सुशान्त पछिल्ला केही वर्षदेखि कठिन परिस्थितिबाट गुज्रिरहेका थिए। कसैले सुशान्तलाई साथ दिएनन्। मद्दतका लागि कोही अगाडि आएनन्। आज हरेक व्यक्ति ट्वीट गरेर दु:ख व्यक्त गरिरहेको छ। जसबाट के स्पष्ट हुन्छ भने इण्डस्ट्री कति खोक्रो रहेछ। यहाँ कोही पनि तपाईको मित्र छैन।’
It’s no secret Sushant was going through very tough times for the last few years. No one in the industry stood up for him nor did they lend a helping hand. To tweet today is the biggest display of how shallow the industry really is. No one here is your friend. RIP ✨ pic.twitter.com/923qAM5DkD
— 𝕓𝕦𝕞𝕓𝕒𝕚 𝕜𝕚 𝕣𝕒𝕟𝕚 (@sapnabhavnani) June 14, 2020
'काइ पो चे', 'धोनी: द अनटोल्ड स्टोरी', 'पीके', 'ब्योमकेश बख़्शी' र 'छिछोरे' जस्ता लोकप्रिय फिल्ममा काम गरेका सुशान्त आइतवार बांद्रास्थित घरमा मृत अवस्थामा फेला परेका थिए। मुम्बई पुलिसका अनुसार ३४ वर्षीय अभिनेताले घरमै फाँसी लगाएर आत्महत्या गरेका थिए।
प्रहरीले सुशान्त क्लिनिकल ड्रिपेशनमा रहेको र यसबाट छुटकारा पाउन डाक्टरको निगरानीमा रहेको जानकारी दिएको छ। तर, के कारणले डिप्रेशनमा थिए भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रीत गरेको छ। यसैअन्तर्गत व्यवसायिक दुश्मनीको पाटो पनि प्रहरीले हेर्न लागेको हो।
बिहारको पटना घर भएका सुशान्त टिभी सिरियल 'पवित्र रिश्ता'बाट चर्चामा आएका थिए। पछि उनले बलिउडमा आफ्नो स्थान बनाए।