PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

अमेरिकी युद्ध विमान दुर्घटना, पाइलट छैनन् भेटिएका



पहिलोपोस्ट

अमेरिकी युद्ध विमान दुर्घटना, पाइलट छैनन् भेटिएका

लन्डन : उत्तर पूर्वी बेलायतमा अमेरिकी सैन्य विमान दुर्घटना भएको छ। अमेरिकी एयर फोर्सका अनुसार तालिमका क्रममा विमान दुर्घटना भएको हो जसका पाइलट हराइरहेका छन्।

४८ औं फाइटर विङको एफ १५ सी इगल दुर्घटना भएको हो। नियमित अभ्यासका क्रममा विमान दुर्घटना भएको थियो। विमानमा एकजना पाइलटमात्र थिए।

'दुर्घटनाको कारण र पाइलटको अवस्था खुल्न सकेको छैन। बेलायती खोजकर्ता र उद्दारकर्मी जुटिसकेका छन्,' अमेरिको हवाई सेनाले वक्तव्यमार्फत् जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell