PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

रंगभेदविरुद्ध आन्दोलन : प्रहरीमा सुधारको पक्षमा ट्रम्प, कार्यकारी आदेशमा हस्ताक्षर गर्दै



पहिलोपोस्ट

रंगभेदविरुद्ध आन्दोलन : प्रहरीमा सुधारको पक्षमा ट्रम्प, कार्यकारी आदेशमा हस्ताक्षर गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीमा सुधारका लागि कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्। गएराती ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले मंगलवार प्रहरी सुधारसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको जानकारी दिए।

गत महिना मिनेसोटाको मिनेयापोलिसमा अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर घाँटीमा घुँडाले थिच्दा मृत्यु भएपछि विश्वभर रंगभेदी आन्दोलन ब्ल्याक लाइफ म्याटर्स चर्किएका बेला ट्रम्पले अमेरिकाको प्रहरी प्रशासनमा व्यापक सुधारको योजना अघि सारेका हुन्।

प्रहरीले आफ्नो नियन्त्रणमा रहेका फ्लोइडलाई यातना दिँदा उनको मृत्यु भएपछि रंगभेदी आन्दोलन सुरु भयो। प्रहरीमा सुधारको माग गरियो। यो घटनाले अमेरिकी प्रहरीको क्रूरता र जातीय भेदभावको सोच देखाएको भन्दै देशव्यापी र अन्तराष्ट्रिय प्रदर्शन सुरु भयो। गत हप्ता एट्लान्ट, जर्जियामा गोरा प्रहरी अधिकारीले २७ वर्षीय अफ्रिकी अमेरिकन नागरिक रेसार्ड ब्रूक्सलाई गोली हानी मारेपछि रंगभेदी आन्दोलनमा आक्रोश अझ बढेको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार ट्रम्पले आफूहरु कानून र व्यवस्था चाहने भन्दै यो निष्पक्ष हुनुपर्ने बताएका छन्। निष्पक्ष र सुरक्षित ढंगले कानून र व्यवस्था सञ्चालनका लागि प्रहरीमा सुधार गरिने ट्रम्पको भनाई थियो। ‘यो आदेश कानून र व्यवस्थाको बारेमा हो। तर यो न्यायका लागि पनि हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell