PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोना भाइरसको प्रकोपका कारण ओस्कर अवार्ड स्थगित



पहिलोपोस्ट

कोरोना भाइरसको प्रकोपका कारण ओस्कर अवार्ड स्थगित

विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपका कारण २०२१ को ओस्कार अवार्ड स्थगित भएको छ। फेब्रुअरी २०२१ मा हुने तय भएको अवार्ड कमतिमा पनि अप्रिलसम्मका लागि स्थगित गरिएको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले जनाएको हो।

फिल्म उद्योगकै सम्मानका रुपमा लिइने अवार्डको नयाँ मिति २०२१ को अप्रिल २५ तोकिएको छ। २०२० भरी बनेका उत्कृष्ट फिल्म तथा कलाकारलाई सम्मान गरिने रजतपटको यो संसारकै सबैभन्दा ठूलो कार्यक्रम हो। ओस्करको यो ९३ औं संस्करण हुनेछ।

यस वर्षको मध्य मार्चदेखि कोरोना भाइरसको संक्रमण ह्वात्तै फैलिँदा विश्वव्यापी रुपमा सिनेमाघरहरु बन्द हुन पुगे। निर्माणमा रहेका फिल्महरु रोकिए। त्यसैका कारण एकेडेमीले फिल्मको डेडलाइन पनि परिमार्जित गरेको छ। फेब्रुअरी २८ मा मिति तय भएको ओस्कर अवार्डका लागि डिसेम्बर ३१, २०२० डेडलाइन थियो भने। अब भने फेब्रुअर २८ सम्म नोमिनेसन गर्न सकिने व्यवस्था गरिएको छ।

विश्वभर कोरोना भाइरसका कारण तोकिएको समयमा फिल्महरु पूरा हुने अवस्थामा छैनन् भने पूरा भएका फिल्महरु पनि हलमा कहिलेदेखि लाग्नेछन् यकिन भइसकेको छैन। कोरोना भाइरसको संक्रमणमा मानव जातिको जितपछि पनि सबैभन्दा पछि खुल्ने क्षेत्रमा पर्छ सिनेमाघर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell