PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

जर्ज फ्लोयडकी छोरीलाई 'डिज्नी' सेयर, गायिका बार्ब्रा स्ट्रिसेन्डले बनाइन् लगानीकर्ता



पहिलोपोस्ट

जर्ज फ्लोयडकी छोरीलाई 'डिज्नी' सेयर, गायिका बार्ब्रा स्ट्रिसेन्डले बनाइन् लगानीकर्ता

गायिका बार्ब्रा स्ट्रिसेन्डले जर्ज फ्लोयडकी छोरीलाई 'डिज्नी'को लगानीकर्ता बनाएकी छिन्। ६ वर्षीया जियना फ्लोयडले इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्। जसका लागि उनले बार्ब्रालाई धन्यवाद व्यक्त गरेकी छिन्।

लेखेकी छिन्,'धन्यवाद बार्ब्रा स्ट्रिसेन्ड यस उपहारका लागि। अब म डिज्नीको स्टक होल्डर भएकी छु।'

'द वाल्ट डिज्नी कम्पनी' अमेरिकन कम्पनी हो जसले मनोरञ्जनात्मक सामाग्री निर्माण गर्छ। डिज्नीको सेयरको मूल्य हाल १ सय १५ डलर रहेको छ। कोरोना भाइरस महामारी सुरु हुनुअघि उक्त मूल्य १ सय ५० डलर रहेको थियो।

 
 
 
 
 

 

 

 
 
 
 
 
 
 
 
 

Thank You @barbrastreisand for my package, I am now a Disney Stockholder thanks to you 🥰🥰🥰

A post shared by GIGI FLOYD (@giannapinkfloyd_) on

 

गायिकाले जियनाका लागि कतिवटा सेयर खरिद् गरिदिएकी छिन् भन्ने चाहिं प्रष्ट छैन। जियनाका बुवा जर्ज फ्लोयडलाई गत महिना मिनेसोटाको मिनेयापोलिसमा प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि घाँटीमा घुँडाले थिचे पछि फ्लोयडको मृत्यु भयो। उनको मृत्यु लगत्तै अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्कियो। र, हाल उक्त आन्दोलन विश्वव्यापी बनेको छ।

फ्लोयड परिवारको सहयोगमा आम मानिसदेखि सेलिब्रेटीहरु जुटेका छन्। अमेरिकन र्‍यापन कने वेस्टले जियनाको विश्वविद्यालयमा लाग्ने शूल्कको जिम्मेवारी लिने भएका छन्। उनले पढाई खर्च स्वरुप २० लाख अमेरिकी डलर दिने भएका हुन्। कनेले रंगभेदविरुद्धको आन्दोलनमा विद्यार्थीहरुसँगै सहभागिता जनाएका थिए।

टेक्सस साउथ युनिभर्सिटीले पनि जियनालाई छात्रवृत्री प्रस्ताव गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell