PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

'यस वर्ष टी २० विश्वकप अव्यवहारिक'



पहिलोपोस्ट

'यस वर्ष टी २० विश्वकप अव्यवहारिक'

अस्ट्रेलिया क्रिकेटका अध्यक्ष अर्ल इडिङ्सले कोरोना भाइरसका बीच विश्वकप क्रिकेट 'अव्यवहारिक' हुने प्रतिक्रिया दिएका छन्।

यही वर्षको अक्टोवर १८ बाट नोभेम्बर १५ सम्म अस्ट्रेलियामा सुरु हुने भनिएको विश्वकप क्रिकेट अन्योलमा छ।

यसअघि पनि ओलम्पिक, युरोकप जस्ता ठूला प्रतियोगिताहरु भटाभट पछि सरिरहँदा विश्वकप क्रिकेट पनि स्थगित हुने सम्भावना धेरै छ।

'देशहरु अझै पनि कोरोनाको महामारीसँग जुधिरहेका छन्। मलाइ लाग्छ यो अव्यवाहारिक छ या धेरै धेरै नै गाह्रो छ।' इडलिङले भनेका छन्।

उनले आइसिसी समक्ष विश्वकपको आयोजनालाई लिएर धेरैवटा विकल्पबारे बहस गरिरहेकोसमेत बताएका छन्।

त्यस्तै टी २० वर्ल्डकपका प्रमुख कार्यकारी निक होकलेले आइसिसीले टी २० विश्वकपबारे अर्को महिना सम्ममा निर्णय गरिसक्ने विश्वास ब्यक्त गरेका छन्।

टी २० विश्वकप अर्को वर्षसम्मका लागि स्थगित हुन सक्ने र यो महामारीको अवस्था र क्रिकेट क्यालेन्डरलाई हेरेर हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell