PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

विश्वमा कोरोना भाइरस : संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३७ हजार भन्दा बढीको मृत्यु



पहिलोपोस्ट

विश्वमा कोरोना भाइरस : संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३७ हजार भन्दा बढीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। जोन होप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार हालसम्म ८० लाख १८ हजार ७ सय ४२ मानिसमा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्य ४ लाख ३६ हजार ८ सय ९९ मानिसले ज्यान गुमाएका छन्। भाइरसका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ २१ लाख १४ हजार २६ जनामा संक्रमण देखिएको छ। त्यस्तै अमेरिकामा मात्रै मर्ने संक्रमितको संख्या १ लाख १६ हजार १ सय २७ रहेको छ।

विश्वमा दोस्रो प्रभावित बनेको छ ब्राजिल। त्यहाँ ८ लाख ८८ हजार २ सय ७१ मानिसमा संक्रमण पुष्टि हुँदा ४३ हजार ९ सय ५९ मानिसले ज्यान गुमाइ सके।

त्यस्तै रसियामा ५ लाख ३६ हजारभन्दा बढी संक्रमित देखिएका छन्। त्यहाँ संक्रमणकै कारण मर्नेको संख्या भने तुलनात्मक रुपमा न्यून छ। हालसम्म ७ हजार मानिसले ज्यान गुमाएका हुन्। भारतमा संक्रमितको संख्या बढ्दो छ। ३ लाख ४३ हजार ९१ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुने संक्रमितको संख्या १० हजार पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell