PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोना प्रभाव : अस्कर अवार्डसँगै बाफ्टा दुई महिना पछाडि धकेलियो



पहिलोपोस्ट

कोरोना प्रभाव : अस्कर अवार्डसँगै बाफ्टा दुई महिना पछाडि धकेलियो

यस वर्षको ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) तोकिएको भन्दा दुई महिना पछि धकेलिएको छ। यसअघि सन्‍ २०२१ को फेब्रुअरीमा हुने भनिएको अवार्ड समारोह उक्त वर्ष अप्रिल ११ मा मात्र हुने घोषणा गरिएको हो।

'अवार्ड समारोह बारे गत वर्ष गरिएका घोषणाहरुको समीक्षा गरिँदै छ। आवश्यक परिवर्तन बारे निर्णय पछि जानकारी सार्वजनिक गरिने छ', ब्रिटिस फिल्म एकेडेमीले विज्ञप्तीमा जनाएको छ

कोरोना भाइरस महामारीका कारण मनोरञ्जन क्षेत्रका अधिकांश कार्यक्रम तथा समारोहरुहरु स्थगित छन्। आउँदो फेब्रुअरी २०२१ मा हुने भनिएकी अस्कर अवार्ड समारोह पनि अप्रिलसम्मका लागि स्थगित गरिएको छ। अवार्डको नयाँ मिति २०२१ को अप्रिल २५ तोकिएको छ।

इच्छुक फिल्मकर्मीले अब फेब्रुअरी २८ सम्ममा सहभागिता दर्ता गर्न पाउने छन्। बाफ्टा बारे भने थप जानकारी आएको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell