PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

चाँगुनारायणको भंगेरी डाँडामा शिखर खेल मैदान निर्माण हुने, ४० हजार दर्शक अट्ने स्टेडियम बनाउने योजना

चाँगुनारायणको भंगेरी डाँडामा शिखर खेल मैदान निर्माण हुने, ४० हजार दर्शक अट्ने स्टेडियम बनाउने योजना

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ७ मा रहेको भंगेरी डाँडामा खेल मैदान बनाउने काम सुरु भएको छ। हाललाई नगरपालिकाले करिब २२ लाख रुपैयाँको बजेट छुटाएर खैल मैदानको स्तरोन्नतीको काम गरिरहेको छ। 

भंगेरी डाँडा शिखर खेल मैदान निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष कान्छामान लामाका अनुसार भंगेरी डाँडामा फुटबल स्टेडियम बनाउने योजना अनुसार काम भइरहेको जानकारी दिए। 

'हाललाई स्तरोन्नतीको काम भइरहेको छ। हाम्रो योजना यहाँ करिब ४० हजार दर्शक अटाउने स्टेडियम बनाउने हो। यसको लागि नगरपालिकाले मात्रै गरेको सक्दैन। सबैको सहयोग चाहिन्‍छ' उनले भने।

हाललाई नगरपालिकाले मात्रै बजेट छुटाएकोमा प्रदेश सरकार र केन्द्र सरकारबाट पनि यस मैदान निर्माणमा सहयोग हुने अपेक्षा उनले व्यक्त गरे।

'भंगेरी डाँडामा पहिलादेखि नै हामी खेल खेल्दै आएका थियौं। स्थानीयहरुको रोजाईमा यही स्थान पर्‍यो। हावापानी राम्रो छ। त्यसैले यही नै शिखर खेल मैदान बनाउने हामीले योजना बनायौं।' उनले भने।

हाल खेल मैदानको निर्माणको लागि डिपिआर तयार भइरहेको उनले जानकारी दिए।  



ट्रेन्डिङ पोस्ट

Ncell