PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कैलालीमा कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा संक्रमण



एम बम

कैलालीमा कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा संक्रमण

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिकाकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सोमवार सुदूरपश्चिममा ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ वर्षीय स्टाफ नर्समा समेत सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

‘सङ्क्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिइन्,’ स्रोतले भन्यो, ‘अहिले उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।’उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भइरहेको छ।

यसअघि सुदूरपश्चिममा कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell