
सुर्खेत : कर्णालीमा नयाँ थप ९ जनामा संक्रमण पुष्टि भएको छ।
दैलेखको दुल्लु नगरपालिकाका ५ र सुर्खेतको भेरीगङ्गा नगरपालिका र गुर्भाकोट नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
अब कर्णालीमा परीक्षण गरिएका संक्रमित संख्या एक हजार ८६ पुगेको छ। आजै दैलेखबाट १ सय ४७ जना डिस्चार्ज भएका छन् भने सल्यानबाट ४१ जना गरी १ सय ८८ जना डिस्चार्ज भएका छन्। जम्मा डिस्चार्ज हुनेहरुमा तीन सय ४२ जना पुगेका छन्।