नयाँ दिल्ली : मंगलवारबाट भारतको राजधानी दिल्लीको आनन्द बिहार टर्मिनल रेलवे स्टेसनको परिचय फेरिएको छ। दिल्लीकै व्यस्त यो रेलवे स्टेसनमा न रेल आउनेछन् न यहाँबाट छुट्ने नै छन्। रेल सेवालाई पूर्ण रुपमा बन्द गरिएको कोचहरुलाई कोभिड-१९ विरामीको उपचार कक्षमा रुपान्तरण गरिएको छ। २ सय रेलका डिब्बाहरु अब आइसोलेसन वार्डमा रुपान्तरित भएका छन्।
ती डिब्मा ५ सय आइसोलेसन वार्ड तयार भएको छ जहाँ ८ हजार कोरोना संक्रमितलाई उपचार गगराइने छ।
नर्दन रेल्वेका प्रमुख जनसम्पर्क अधिकृत दीपक कुमारले रेलका डिब्बाहरु आनन्द बिहार स्टेसनको प्लेटफर्ममा रहने छन्। यहाँको रेलबेलाई दिल्ली जङ्सनमा डाइभर्ट गरिएको छ। रेलका छतमा इन्सुलेट गरेर तापक्रम नियन्त्रण गर्ने व्यवस्था गरिएको छ भने बेग्लै क्युबिकल जोडेर आइसोलेसन वार्डलाई व्यवस्थित गर्न खोजिएको छ।
सकुरा बस्तीमा यसैरी ५९ रेललाई आइसोलेसन वार्डका रुपमा प्रयोगमा ल्याइसकिएको छ। आनन्द बिहारमा २ सय रेललाई आइसोलेसन वार्डमा रुपान्तरण गरिएको हो। नर्थन रेलवेले थप २ सय ५० वटा रेललाई आइसोलेसन वार्ड बनाउनका लागि स्थान खोजिरहेको छ। भारतको रेलवे सञ्जाल संसारकै सबैभन्दा ठूलो मानिन्छ।
'अहिलेको क्षमता भनेको ४ हजार बेड हो। हामी यसलाई विस्तार गरिरहेका छौं,' कुमारले भने। इन्डियन रेलवेजले तकिया, बेड कभरको व्यवस्था गरेको छ भने मेडिकल स्टाफ र उपचारका सामग्री दिल्ली सरकारले बेहोर्ने छ।
'पानी, बिजुली, तकिया कभर, ब्ल्याङ्केट र अक्सिजन सिलिन्डरलाई आधारभूत रुपमा राखिएको छ,' उनले भने, 'रेलवेजको यो सेवा दिल्लीको स्वास्थ्य सेवासँग जोडिएकाले बाँकी स्वास्थ्यका उपकरण र जनशक्ति भने दिल्ली सरकारले व्यवस्था गरेको छ।'
हिजोमात्र केन्द्रीय मन्त्री अमित साहले ५ सय रेललाई दिल्लीमा आइसोलेसनका लागि प्रयोग गरिने बताएका थिए। दिल्लीमा कोभिड१९ का संक्रमितको संख्या अत्याधिक बढेपछि यस्तो उपाय लगाइएको हो।