PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित ६ खेलाडी निर्दोष सावित



पहिलोपोस्ट

म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित ६ खेलाडी निर्दोष सावित

काठमाडौं : अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। सरकारले लगाएको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै आज अदालतले उनीहरुलाई सफाइ दिएको हो।

उनीहरुलाई २०७५ जेठ २४ गते विषेश अदालतले सफाइ दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्व कप्तान सागर थापा, पूर्व गोल किपर रितेश थापा र विकास सिंह क्षेत्री, र उप कप्तान सन्दीप राईलाई सफाई दिने फैसला गरेको थियो।

एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले पूर्व कप्तान सहित ६ जनालाई पक्राउ गरेको थियो। २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell