PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अदालतबाट सफाइ पाएपछि पूर्व कप्तान थापाको प्रश्न : अब हाम्रो क्षतिपूर्ति कसले तिर्छ? एन्फाले के गर्छ?



मुकुन्द घिमिरे

अदालतबाट सफाइ पाएपछि पूर्व कप्तान थापाको प्रश्न : अब हाम्रो क्षतिपूर्ति कसले तिर्छ? एन्फाले के गर्छ?

काठमाडौं :  अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा परेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सागर थापासहित ६ जना खेलाडीले सफाइ पाएका छन्। पाँच वर्षसम्म आरोप खेपेका उनीहरु आजबाट आरोपमुक्त भएका छन्। यस बीचमा उनीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेल्न प्रतिबन्धित थिए।

एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरिसकेको  थियो। अदालतबाट सफाइ पाए लगत्तै खुसी देखिएका पूर्वकप्तानले आक्रोश समेत पोखे। यो आक्रोश उनीहरुमाथि आरोप लगाउने प्रति लक्षित थियो।

'एउटा समय थियो देशको नामका लागि खेल्यौ। पछि  त्यसैमा भविष्य देख्न सक्ने अवस्थामा पुग्यौं। त्यहाँ पुगे पछि चाहीँ झुटो आरोपहरुले अन्यौल सिर्जना गर्‍यो। हाम्रो समयको चाहीँ क्षतिपुर्ती कसले तिर्ने?  एन्फाले त्यसलाई कसरी सोचेको छ?', पूर्वकप्तान थापाले प्रश्न गरे।

महानगरीय प्रहरी अपराध महाशाखाले पूर्व कप्तान सहित ६ जनालाई पक्राउ गरेको थियो। २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। 'आज लागि रहेको छ एन्फाले किन पहिलाबाटै हाम्रो विषयमा सोचिदिएन, बुझिदिएन? आज यो निर्णय हुँदा एन्फाको चाहीँ धारणा के छ?', थापाले सोधे। 

पूर्व कप्तान सागर थापा, पूर्व गोल किपर रितेश थापा र विकास सिंह क्षेत्री, र उप कप्तान सन्दीप राईलाई २०७५ जेठ ४ गते सफाई दिने फैसला गरेको थियो।

'आजीवन प्रतिवन्ध लागेको छ। त्यो के हुन्छ? अब फुटबलमा हाम्रो भविष्य के हुन्छ? के सोचेको छ  एन्फाले ?’ थापाले प्रतिप्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell