PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट रमण र क्रान्ति पुरस्कृत



पहिलोपोस्ट

उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट रमण र क्रान्ति पुरस्कृत

जनकपुरधाम : उमेशचन्द्र झा स्मृति पत्रकारिता पुरस्कारबाट जनकपुरधामका दुई पत्रकार पुरस्कृत भएका छन्। मानव विकास केन्द्रले दोस्रो वार्षिकोत्सवको अवसरमा पत्रकारद्वय वीरेन्द्र रमण र शैलेन्द्र क्रान्तिलाई पुरस्कृत गरेको हो।

कार्यक्रमका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पुरस्कृतलाई दोसला ओढाई सम्मानपत्र सहित जनही २५ हजार ५ सय १ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए।

केन्द्रका अध्यक्ष एवं सञ्चालक कुन्दन झाले आफ्ना बाजे उमेशचन्द्र झाको स्मृतिमा सो पुरस्कार प्रदान गरेका हुन्। यो केन्द्रले प्रदान गरेको पहिलो पत्रकारिता पुरस्कार हो। यसलाई वर्षेनी मानव विकास केन्द्रको वार्षिकोत्सवको अवसरमा निरन्तरता दिँदै जाने अध्यक्ष कुन्दन झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell