PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कोरोना भाइरस प्रतिकार्यमा थप कदम चाल्न कर्णाली सरकारलाई कांग्रेस संसदीय दलको ध्यानाकर्षण



पहिलोपोस्ट

कोरोना भाइरस प्रतिकार्यमा थप कदम चाल्न कर्णाली सरकारलाई कांग्रेस संसदीय दलको ध्यानाकर्षण

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तयारी थप प्रभावकारी बनाउनुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशको सुझाव छ।

संसदीय दलले मंगलवार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई २२ बुँदे ध्यानाकर्षण पत्र सहितको सुझाव दिँदै कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने सुझाएका छन। सरकारमार्फत हुने फजुल खर्चमध्ये गोष्ठी, तालिम भत्ता, गाडी सुविधा, अनुदानका नाममा बाँडिने बजेटलगायत विभिन्न क्षेत्रका रकम तुरुन्त कटाएर भाइरस नियन्त्रणमा लगाउनुपर्ने भन्दै संसदीय दलका नेता जीवन बहादुर शाही नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो।

कोरोना रोकथामका लागि जिल्लाहरुमा न्यूनतम स्वास्थ्यका पूर्वाधार तयार गरी संक्रमितलाई राख्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार न्यूनतम तयारी, स्वास्थ्य सामाग्रीको जोहो, कोरोनाका संक्रमितलाई ओसार पसार गर्न जिल्ला जिल्लामा कम्तीमा दुई वटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने कांग्रेसले सुभाव दिएको छ।

त्यस्तै, आरडीटी परीक्षण भन्दा पनि आरटी पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गरेर मात्रै घर पठाउनुपर्ने, व्यवस्थित क्वारेन्टाइन निर्माण गर्ने र सुरक्षालाई मजबुत बनाउनुपर्ने लगायत कोरोना भाइरस प्रतिकार्यका लागि कुनै पनि कसर बाँकी नराख्न सुझाव दिदैँ ध्यानाकर्षण पत्र बुझाएको दलको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell