PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एन्फा कार्यसमितिको निर्णय : टासी घले फेरि मानार्थ अध्यक्ष



पहिलोपोस्ट

एन्फा कार्यसमितिको निर्णय : टासी घले फेरि मानार्थ अध्यक्ष

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलवार बसेको कार्यसमितिको बैठकले टासी घलेलाई फेरि मानार्थ अध्यक्षमा फिर्ता बोलाउने निर्णय गरेको छ।

‘संघको विधानको धारा २० बमोजिम बाँकी कार्यकालको अवधिका लागि मानार्थ अध्यक्ष पदमा टासी घलेलाई नियुक्त गरियो,’ कार्यसमितिको निर्णयमा भनिएको छ।

सोमवार आपतकालीन बैठक बोलाए पनि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अनुपस्थित भएसँगै स्थगित भएको थियो। साथै मंगलवारको लागि कार्यसमितिको आपतकालीन बैठक बोलाइएको थियो।

घलेको मानार्थ अध्यक्षको पद यसअघि २०७५ साल माघ ३ गते एन्फाले फिर्ता लिएको थियो। ‘टेप प्रकरण’ चर्चामा आएसँगै एन्फाले घलेको मानार्थ अध्यक्षको पद फिर्ता लिएको थियो। यस विषयलाई लिएर घलेले असन्तुष्टि जनाउँदै आएका थिए।

‘संघका मानार्थ अध्यक्ष श्री टासी घले ज्यूलाई हालसम्म संघलाई पुर्‍याउनु भएको सरसल्लाह र सहयोगको निम्ति धन्यवाद व्यक्त गर्दै आजको मितिदेखि लागू हुनेगरी मानार्थ अध्यक्षको पद ससम्मान फिर्ता लिइयो,’ माघ ३ को निर्णयमा भनिएको छ।

मंगलवार उनै घलेलाई एन्फाले मानार्थ अध्यक्षको पदमा फेरि फर्काएको हो।

त्यस्तै, मंगलवारको बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ विषयमा छानबिनका लागि वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाएको छ। यसअघि संयोजक रहेका रत्नकुमार श्रेष्ठले कोभिड १९ को महामारी र व्यक्तिगत स्वास्थ्यका कारण राजीनामा दिएका कारण उनको राजीनामा स्वीकृत गर्नेसमेत निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell