
भारत र चीनको सेनाबीच पूर्वी लद्दाखस्थित गलवान घाटीमा सोमवार राती भएको हिंस्रक झडपमा भारतीय सेनाका एक अधिकारीसहित १९ सैनिकको मृत्यु भएको छ।
भारतीय सेनाले राती विज्ञप्ति जारी गरेर औपचारिक रुपमै यो खबरको पुष्टि गरेको छ। सेनाका अनुसार दुबै देशका सैनिक झडपपछि गलवान क्षेत्रबाट पछि हटेका छन्।
सेनाले विज्ञप्तिमा भनेको छ, ‘१५/१६ जुनको राती गलवानमा दुई देशका सैनिकहरुबीच झडप भएको थियो। झडप भएको इलाकामा ड्यूटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रूपमा घाइते भएका थिए। शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाईमा रहेको यो इलाकामा गम्भीर घाइते ती १७ सैनिकको मृत्यु भयो। यहाँ कुल २० भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेना देशको अखण्डता र संप्रभुता रक्षाका लागि प्रतिबद्ध छ।’
समाचार संस्था पीटीआईका अनुसार पूर्वी लद्दाखमा भारत र चीनको सीमा अर्थात लाइन अफ एक्चुअल कन्ट्रोलमा सोमवार दुबै देशका सेनाबीच हिंस्रक झडपपछि रक्षामंत्री राजनाथ सिंह ने मंगलवार को सेना प्रमुखसँग समीक्षा बैठक गरेका थिए।
कडाईका साथ सेना रोक्न चीनको आग्रह
यसैबीच चिनियाँ सेनाका कमाण्डरले पनि यो प्रकरणमा मुख खोलेका छन्।
चीनको सरकारी समाचार संस्था सिन्हुआका अनुसार पीपल्स लिबरेशन आर्मी (पीएलए)का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चांग शुइलीले भारतले कडाईका साथ आफ्नो सैनिकलाई रोक्नुपर्ने र विवाद अन्त्य गर्नका लागि संवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्। उनको सन्देश पीएलएको आधिकारिक वीबो अकाउन्टमा पोस्ट गरिएको छ।
चांगले भनेका छन, ‘भारतीय सैनिकले आफ्नो प्रतिबद्धताको उल्लंघन गरेका छन्। र एक पटक फेरि एलएसी पार गरे। जानाजान चिनियाँ बललाई उक्साएर उनीमाथि हमला गरे। यसमा दुबै पक्षमा आमने-सामने झडप भयो र यहीँ हताहतको कारण बन्यो। म माग गर्छु कि भारत आफ्ना सैनिकलाई कडाईका साथ रोकोस। र वार्ता र सम्वादका माध्यमबाट विवाद सुल्झाउनुपर्छ।’
चिनियाँ सेनाले यो घटनामा कति चिनियाँ सैनिक मरे भन्ने खुलाएको छैन।
यद्यपि भारतले भने चीनतर्फ ४३ जना चिनियाँ सेनाको मृत्यु भएको दाबी गरेको एएनआइले जनाएको छ।