PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लेगानेसमाथि लिग लिडर बार्सिलोनाको जित



पहिलोपोस्ट

लेगानेसमाथि लिग लिडर बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि २-० को जित निकालेको छ। घरेलु टोली बार्सिलोनाले अंशु फाटी र लियोनल मेस्सीको गोलमा लेगानेसलाई हराएको हो।

क्याम्प नोउमा भएको खेलमा बार्सलोनाका लागि फातीले ४२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोललो अघि रहेको बार्सिलोनालाई लियोनल मेस्सीले दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै २-० को अवस्था पुर्‍याए। उनले खेलको ६९ मिनेटमा गोल गरेका थिए।

जितसँगै लिग लिडर बार्सिलोनाले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ। २९ खेल खेलेको बार्सिलोना ६४ अंकसहित शीर्षस्थानमा छ भने २८ खेल खेलेको रियल मड्रिड ५९ अंकसहित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell