PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

हिजो थपिएका काठमाडौंका संक्रमित कहाँका? बाइक वर्कसप र पसलतिर निर्वाध थिए हिँडेका



पहिलोपोस्ट

हिजो थपिएका काठमाडौंका संक्रमित कहाँका? बाइक वर्कसप र पसलतिर निर्वाध थिए हिँडेका

काठमाडौं : काठमाडौंमा हिजो थप भएका एक जना कोरोना संक्रमितलाई साँझ टेकु अस्पताल पुर्‍याइएको छ।

स्वास्थ्य मन्त्रालयले मंगलवार गरेको नियमित पत्रकार सम्मेलनमा थप एक जनामा कोरोन पोजेटिभ देखिएको जानकारी गराएको थियो। कोरोना पोजेटिभ देखिएका व्यक्ति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा बस्दै आएको फेला परेपछि हिजो राति उनलाई उपचारका लागि पठाइएको हो।

'उहाँ हाम्रो वडामा बस्दै आउनु भएको रहेछ। हिजो पोजेटिभ देखिएपछि अस्पताल पुर्‍याएका छौं,' वडा अध्यक्ष प्रकाश फुयालले भने।

सिन्धुपाल्चोक घर भएका उनी उपचारका लागि भारत पुगेका थिए। १० दिन अघिमात्र उनी भारतबाट फर्किएका हुन्। उनी फर्किएपछि सेल्फ क्वारेन्टाइनमा राखिएको थियो। 'उहाँ सेल्फ क्वाराइन्टाइनमा हुनुहुनुहुन्थ्यो। उहाँसँग कोही सम्पर्कमा आउनु भएको भए खोजी गर्दैछौं,' वडा अध्यक्ष फुयालले भने। स्थानीयले भने संक्रमित व्यक्ति मोटरसाइकल वर्क सप र चिया पसलहरुमा पनि पुगेको बताएका छन्।

उनी नशाको उपचारका लागि दिल्ली गएका थिए। त्यस्तै सोमवार पनि काठमाडौंमा थप ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा नै केही दिनअघि दुवईबाट आएकी एक गर्भवती महिलामा पनि कोरोना पोजेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell