PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

वायर्न म्युनिख बुन्डेसलिगामा लगातार आठौं पटक च्याम्पियन



पहिलोपोस्ट

वायर्न म्युनिख बुन्डेसलिगामा लगातार आठौं पटक च्याम्पियन

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा ब्रेमेनलाई हराउँदै बायर्न म्युनिख लगातार आठौं पटक उपाधि विजेता बनेको छ। रेलिगेसनको जोनमा रहेको वेर्डर ब्रेमेनलाई लेवान्डोस्कीको गोलमा १-० गोल अन्तरले हराएसँगै म्युनिखले २ खेल अगावै उपाधिमा आफ्नो स्थान सुनिश्चित गरेको हो।

 

गएरातिको खेलमा लेवान्डोस्कीले ४३ औं मिनेटमा निर्णायक गोल गरेका थिए। जारी सिजन उनको यो ३१ औं गोल हो। यो सँगै उनी जारी सिजन सर्वाधिक गोल गर्ने खेलाडीहरुको हालसम्मको सूचिमा सबैभन्दा माथि छन्। 

जितसँगै म्युनिखका खेलाडीहरुले खाली रंगशालामा खेलाडीहरुले सेलिब्रेसन गरेका थिए। गएराति भएको खेलमा जित निकालेसँगै बायर्नले दोस्रो स्थानमा रहेको डर्टमन्ड भन्दा १० अंकले अग्रता बनायो। ६६ अंक जोडेको डर्टमन्डले अब ३ खेल खेल्नबाँकी छ।

बायर्नले सन् २०१३ यता लगातार बुन्डेसलिगाको उपाधि उचाल्दै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell