PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधान सेनापति र सशस्त्र प्रहरीका प्रमुख दार्चुलाको निरीक्षणमा



पहिलोपोस्ट

प्रधान सेनापति र सशस्त्र प्रहरीका प्रमुख दार्चुलाको निरीक्षणमा

काठमाडौं : नेपाली सेनाका प्रधान सेनापति दार्चुलाको निरीक्षणमा निस्किएका छन्। दार्चुलाको लिपुलेकतिरको बाटो सेनाले बनाउने जिम्मा पाएको छ।

आज बिहान सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रमुख आइजी शैलेन्द्र खनाल सहित सेनापति पूर्णचन्द्र थापा पनि दार्चुला गएका हुन्।

वैशाख ३१ गते कालापानी भन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा बीओपी राखिएको हो।

आइजी खनाले नयाँ बीओपीको निरीक्षण गर्न जाने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

'उहाँ बीओपी र सुरक्षा निगरानी गर्न जान लाग्नु भएको हो,' गृह स्रोतले भन्यो।

विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ। २०७४ सालको अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजना अनुसार हाल १ सय ३० स्थानमा सञ्चालनमा ल्याइएको छ। उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बीओपी स्थापना भएका छन्। हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी उद्घाटन गर्ने तयारी भइरहेको छ।

यता सेनाले बाटोको पुरानो ट्र्याक खुलाउँदैछ। त्यसैको निरीक्षणका लागि प्रधान सेनापति पनि दार्चुला लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell