PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बिहानै थपिए गण्डकीमा २१ संक्रमित, भारतसँग जोडिएको नवलपरासीमा मात्रै १८ नयाँ केस



पहिलोपोस्ट

बिहानै थपिए गण्डकीमा २१ संक्रमित, भारतसँग जोडिएको नवलपरासीमा मात्रै १८ नयाँ केस

काठमाडौं : भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशको नवलपरासी वर्दघाट सुस्ता पूर्वमा १८ जना नयाँ संक्रमित थपिएसँगै आज बिहान थपिने संक्रमितको संख्या २१ पुगेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४४ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नवलपरासीको हुप्सेकोट गाउँपालिकामा १४ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ १८ वर्षदेखि ३६ वर्ष समूहका व्यक्तिमा संक्रमण देखिएको हो। मध्यविन्दु नगरपालिकामा पनि २ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै एक जना पालिका नखुलेका २७ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ भने कावासोती नगरपालिकामा पनि एकजना संक्रमित भेटिएका छन्।

त्यसैगरी पर्वतको फलेवास नगरपालिकामा ३ जनामा संक्रमण देखिएको छ। एक ४६ वर्षीय महिला सहित तीन जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

संक्रमित सबै क्वारेन्टाइनमा नै रहेका थिए। जिल्लाको उनीहरुलाई आइसोलेसन वार्डमा लैजाने तयारी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell