PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारत-चीन सीमा तनावमा अमेरिकाले भन्यो: नजिकबाट नियालिरहेका छौं, शान्तिपूर्ण समाधान होस्



पहिलोपोस्ट

भारत-चीन सीमा तनावमा अमेरिकाले भन्यो: नजिकबाट नियालिरहेका छौं, शान्तिपूर्ण समाधान होस्
PHOTO : GETTY IMAGES

पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच भएको हिंस्रक झडपको विषयमा अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघपछि संयुक्त राज्य अमेरिकाले यो घटनाको शान्तिपूर्ण समाधानमा जोड दिएको छ।

अमेरिकाको गृह विभागका प्रवक्ताले सीमामा भारत र चीनबीच विकसित पछिल्ला गतिविधिलाई नजिकबाट नियालिरहेको भन्दै यथास्थितिमा शान्तिपूर्ण समाधानलाई आफूहरुको समर्थन हुने बताएका छन्।

लद्दाखको गलवान घाटीमा भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ। भारतले चीनका ४३ सैनिक मारिएको दावी गरेको छ। तर, चीनका तर्फबाट कुनै जानकारी दिइएको छैन।

पछिल्लो केही समययता लद्दाखमा भारत र चीनबीच सीमा विवाद उत्पन्न भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मध्यस्तता गर्न तयार रहेको बताएका थिए। यो प्रस्ताव भारत र चीन दुवैले अस्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell