भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। फैलिनेमात्रै होइन मृतकको संख्या पनि रफ्तारमा बढिरहेको छ।
यसैक्रममा मंगलवार एकैदिन कोरोनाबाट २ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ९०३ पुगेको छ।
त्यसैगरी २४ घण्टामा १० हजार ९७४ जनामा संक्रमण देखिएको छ। संक्रमितको कुल संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ।
2003 deaths and 10,974 new #COVID19 cases in the last 24 hours. The total number of positive cases in the country now stands 3,54,065 at including 1,55,227 active cases, 1,86,935 cured/discharged/migrated and 11903 deaths: Ministry of Health and Family Welfare pic.twitter.com/tZM4EIZCfM
— ANI (@ANI) June 17, 2020